काठमाडौंमा मेलम्चीको पानी बन्द भएपछि धाप ड्यामको पानी वितरण

काठमाडौंमा मेलम्चीको पानी बन्द भएपछि धाप ड्यामको पानी वितरण : Icon Khabar
तस्बिर: सिमोन पौडेल

काठमाडौं, असार १२ । बागमती सुधार आयोजनाअन्तर्गत धाप ड्यामबाट काठमाडौं उपत्यकामा पानी वितरण गर्न थालिएको छ ।

सोमवारदेखि मेलम्ची खानेपानी आयोजनाबाट पानी वितरण बन्द भएपछि मंगलवारदेखि धाप ड्यामबाट उपत्यकामा पानी वितरण गर्न थालिएको हो ।

बागमती सभ्यता–एकीकृत विकास समितिसँग धाप ड्यामको पानी ल्याएर उपत्यकावासीलाई वितरण गर्ने सहमति भए अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिएका छन् ।

मेलम्चीको खानेपानी बन्द भएपछि खानेपानी अभाव बढ्ने भएकाले आपूर्ति व्यवस्थापनलाई केही सहज गर्न धाप ड्यामबाट दैनिक तीनदेखि चार करोड लिटर पानी ल्याउने सहमति भएको प्रवक्ता राईको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
42
+1
9
+1
6
+1
7
+1
8
Published Date: 26 June 2024
Website | + posts